समानुपातिकको एक करोड मत गणना : एमालेले कटायो २७ लाख, अरुको कति ?


१४ मंसिर २०७९, बुधबार
Mat Gadana Sunsari

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक करोड मत गणना हुँदा एमालेले २७ लाख कटाएको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बुधबार एक करोड ४१ हजार १२८ मत गणना हुँदा एमालेले २७ लाख ९९४ मत ल्याएर पहिलो स्थान कायम गरेको हो ।

यस्तै नेपाली कांग्रेसले २५ लाख ५९ हजार ८४ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ४५ हजार ३४५ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६४७ मत ल्याएर चौंथो स्थान कायम गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७१ हजार १४३, जनता समाजवादी पार्टीले ३ लाख ९६ हजार ४५१, जनमत पार्टीले ३ लाख ५९ हजार ८८८ मत पाएका छन् ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले २ लाख ८२ हजार ६०६, नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४३१, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ४८ हजार ७५६ मत ल्याएका छन् । समानुपातिकतर्फको मत गणना जारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७