आइएमई पे र बीग डिजिटलको सहकार्यमा विश्व प्रख्यात साइबर विक नेपालमा


१५ मंसिर २०७९, बिहीबार
Picture scaled

काठमाडौँ । आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक नेपालमा पनि संचालनमा आएको छ । मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट, १ हजार रुपैयाँसम्म मात्र पनि प्राप्त गर्न सकिने कम्पनीको भनाई छ । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७