मदरसामा शक्तिशाली विष्फोट : १६ जनाको मृत्यु


१५ मंसिर २०७९, बिहीबार

काठमाडौं । अफगानिस्तानको उत्तरी शहर अयबाकमा रहेको एउटा मदरसामा भएको विष्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् । गत वर्ष अगस्टमा तालिबान सत्तामा फर्किएपछि सर्वसाधारणलाई लक्षित गरी दर्जनौं विष्फोट र आक्रमणहरू भएका छन् । अधिकांश आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ ।

राजधानी काबुलबाट करिब २०० किलोमिटर (१३० माईल) उत्तरमा रहेको अयबाकका एक डाक्टरले मारिनेमा अधिकांश युवा रहेको बताए । ‘उनीहरू सबै बालबालिका र साधारण मानिस हुन्’ ती चिकित्सकको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

एक प्रान्तीय अधिकारीले इस्लामिक धार्मिक विद्यालय अल जिहाद मदरसामा विष्फोट भएको पुष्टि गरे । बारम्बार हताहतको तथ्याङ्क घटाउने तालिबानले १० विद्यार्थीको मृत्यु भएको र कयौं घाइते भएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७