दोलखामा मध्यान्ह १२ बजेसम्ममा ३५ प्रतिशत मतदान


१५ मंसिर २०७९, बिहीबार
matadan dolakha

दोलखा । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएको समेत उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा चार स्थलमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।

आयोगको यही ११ मंसिर बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।

वैत्यश्वर वडा नं ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्रमा मतदान भइरहेको छ ।
निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने यही मंसिर ११ गते निर्णय गरेको थियो । ती मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७