मुचुल्कामा भन्दा बढी मत भेटिएपछि बाजुरामा रोकियो मतगणना


१६ मंसिर २०७९, शुक्रबार
mat gadana Bajura

बाजुरा । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरामा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना रोकिएको छ ।

बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना रोकिएको हो । प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी पाइएपछि मतगणना रोकिएको हो ।

पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार ३९९ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४,१३० मतसहित पछ्याइरहेका छन् । पाण्डे र थापाबीचको मतान्तर १,२६९ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७