बाजुरामा रोकिएको मतगणना पुनः शुरु


१६ मंसिर २०७९, शुक्रबार
Badri Pandey Karna Thapa Bajura

बाजुरा । बाजुरामा स्थगित भएको मतगणना शुरु भएको छ । प्रतिनिधिसभातर्फको मतगणना बिहानबाट रोकिएको थियो ।
मतगणना भर्खरै शुरु भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतपेटीकामा मुचुल्काभन्दा ४० मत बढि देखिएपछि विवाद भएको थियो ।
बिहानको मत परिणामअनुसार नेपाली कांग्रेसका बद्री पाण्डेले ५,३९९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कर्ण थापाले ४,१३० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७