‘साइबर विक’ अन्तर्गत स्मार्ट क्युआर स्क्यानमा विशेष छुट


१६ मंसिर २०७९, शुक्रबार
cyber week

काठमाडौं । बीग डिजिटल स्टोरको ‘साइबर विक’ अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटी) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने भएको छ।

मंसिर १३ गतेबाट सुरू भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामानहरू खरिद गर्न सक्ने कम्पनीले बताएको छ।

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरूले थप १० प्रतिशत छुट, एक हजारसम्म मात्र पनि प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले सो अफर बीग डिजिटलको स्टोरहरूमा मात्र पाउन सक्ने कम्पनीले बताएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७