अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध


१७ मंसिर २०७९, शनिबार

काठमाडौं । समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो ।

भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै जर्सी खोलेकोमा उनले दोस्रो पहेंलो कार्ड खाँदै मैदान छाड्न परेको थियो । जितका बाबजुद टोली नकआउट चरणमा भने प्रवेश पाउन सकेन ।

उता, स्वीटजरल्यान्डले सर्बियालाई ३–२ गोलले हराउँदै अन्तिम १६ स्थान पक्का गर्‍यो । खेलमा स्वीटजरल्यान्डका लागि जेरडान साकिरी, ब्रिल इम्बोलो र रेमो फ्रिउरलले गोल गरे भने सर्बियाका लागि अलेक्सान्डर मिट्रोविच र डुसान भ्लाहोविचले गोल गरे । समूहबाट ब्राजिल विजेता र स्वीटजरल्यान्ड उपविजेता बन्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७