दोलखामा रोचक प्रतिस्पर्धा : माओवादीका कार्कीलाई एमालेका शिवाकोटीले फेरि उछिने


१९ मंसिर २०७९, सोमबार
dolakha 20 11

दोलखा । प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।

हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिएका थिए । आज बिहान फेरि एमालेका शिवाकोटीले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०९ मत आएको छ । एमालेका शिवाकोटी फेरि ३० मतको अग्रता बनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७