दोलखाबाट प्रदेश सभामा कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित


१९ मंसिर २०७९, सोमबार
kundan

दोलखा । दोलखा प्रदेश सभा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् ।
कांग्रेस उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७,८७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

काफ्लेले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा–१ बाट भने नेकपा एमालेका भरत केसी निर्वाचित भएका छन् । काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति शुरु गरेका थिए ।

२०६० सालमा पशुपति क्याम्पस स्ववियू सभापति बनेका काफ्ले २०६१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बने । त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले २०७३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७