दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी


१९ मंसिर २०७९, सोमबार
Ganga Karki

दोलखा । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी भएका हुन् ।

कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३१८ रहेको छ । क्षेत्र नम्बर १ मा पछि परेका शिवाकोटीले क्षेत्र २ मा कार्कीको भन्दा राम्रो मत पाए पनि जित्न सकेनन् । उनलाई बैतेश्वर र तामाकोशीको भार घटाएर थप मत प्राप्त गर्न सकस भएको हो ।

प्रदेशसभातर्फ भने आइतवार नै क्षेत्र १ मा कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र २ बाट एमालेका भरत केसी निर्वाचित भइसकेका छन् । काफ्लेले भारी मतान्तरले एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरेका छन् भने केसीले कांग्रेसका बर्मा लामालाई पछि पार्दै जित निकालेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७