अफगानिस्तानमा सरकारी कर्मचारी चढेको बसमा विष्फोट, सात जनाको मृत्यु


२० मंसिर २०७९, मंगलवार
afgainstan dvDEaxFFmB 1

काठमाडौं । अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मंगलबार सरकारी कर्मचारी चढेको एक बसमा विष्फोट हुँदा सात कर्मचारीको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहत भएको हो ।

यसैबीच, नाम उल्लेख गर्न नचाहने एकजना प्रत्यक्षदर्शीले मृतकको संख्या पुष्टि गरिएको भन्दा बढी हुन सक्ने बताएका छन् । विष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७