मोरक्को टाइब्रेकरमा स्पेनलाई हराउँदै पहिलोपटक क्वाटरफाइनलमा


२० मंसिर २०७९, मंगलवार
318723762 6706765219339268 1228963498265728515 n
AL RAYYAN, QATAR – DECEMBER 06: Morocco players celebrates after Achraf Hakimi of Morocco scores the winning penalty during the FIFA World Cup Qatar 2022 Round of 16 match between Morocco and Spain at Education City Stadium on December 06, 2022 in Al Rayyan, Qatar. (Photo by Alex Livesey – Danehouse/Getty Images)

काठमाडौं । सन् २०१० को च्याम्पियन स्पेनको दुई पेनाल्टीलाई रोकेका मोरक्कोका गोलरक्षक बोनोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गराएका छन्। स्पेनमाथि ऐतिहासिक जित निकाल्नेक्रममा मोरक्को छैटौँ प्रयासमा क्वार्टरफाइनल पुगेको हो। मोरक्को ३६ वर्षपछि नकआउट चरणमा पुगेको थियो।

मंगलबार राति दोहास्थित एजुकेशन सिटी स्टेडियममा भएको खेलमा स्पेनसँग पेनाल्टी सुटआउटमा ३-० ले विजयी हुँदा मोरक्को पहिलो पटक क्वार्टरफाइनल पुगेको हो। पेनाल्टी सुटआउटमा स्पेनका पाब्लो सराविया, कार्लोस सोलर, सर्जियो बुस्केट्सको प्रहार विफल भयो।


मोरक्कोका अब्देल्लामिद साविरी, हामिक जियाच, अचरफ हाकीमीको प्रहारले पोष्टको दिशा लियो। बडर बेनौनको प्रहार भने विफल भयो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको मोरक्को र स्पेनले दोस्रो हाफमा राम्रो मुभ बनाए पनि स्कोर गर्न सकेनन्।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो।

मोरक्को १९९४ पछि पहिलो पटक नकआउट चरणमा पुगेको थियो। समूह एफ को समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको मोरक्कोले समूह चरणमा क्रोएशियासँग गोलरहित बराबरी खेलेको थियो। बेल्जियमलाई २–० ले हराएको मोरक्कोले समूह चरणको अन्तिम खेलमा क्यानडालाई २–१ ले हराएको थियो।

१९८६ मा अन्तिम १६ मा पुगेको मोरक्कोले त्यसयता २०२२ मा पहिलो पटक नकआउट चरणमा छनोट भएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७