कतार विश्वकप सेमिफाइनल समीरकण पूरा


२५ मंसिर २०७९, आईतवार
semifinal lhDGBm3oJa

काठमाडौं । मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो ।

अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साविक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले स्थान बनाउँदा दुई पटकको च्याम्पिन दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले स्थान सुरक्षित गर्‍यो ।

यसैगरी मोरक्को कीर्तिमान रच्दै पहिलो अफ्रिकन सेमिफाइनलिस्ट बन्यो । विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल खेलहरु बुधबार र बिहीबार राति हुनेछन् । पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा फ्रान्स र मोरक्कोबीच भिडन्त हुनेछ । दुबै खेल राति पौने एक बजे सुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७