स्कुटरको डिकीमा भेटियो ३५ लाख, विश्व गुरुङ पक्राउ


२५ मंसिर २०७९, आईतवार
Pakrau

काठमाडौं । प्रहरीले गोकर्णेश्वर–९ भगवतीथानस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ३४ लाख ९७ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

जितेन्द्रकुमार चौधरीले चलाएको बा.९८ प २२०९ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्की तथा निज जितेन्द्रकुमार चौधरीले साथमा बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको (एसएसपी) बोहराले जानकारी दिए ।

अनुसन्धानका विविध विधि र प्रविधि समेतको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त नगद विश्वकुमार गुरुङको रहेको खुल्न आएकोले उनलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७