जाम्बियामा २७ बेवारिेसे शव फेला


२६ मंसिर २०७९, सोमबार
crime 1

काठमाडौं । अफ्रिकी मुलुक जाम्बियामा २७ वटा बेवारिसे शव फेला परेका छन् । राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ वटा शव अलपत्र फालिएको अवस्थामा फेला परेका हुन् । ती लाश इथियोपियाबाट आएका आप्रवासीको हुन सक्ने र उनीहरुको ट्रान्जिटमा निस्सासिएर मृत्यु भएको हुनु सक्ने प्रहरीको अनुमान छ ।

शवसँगै एक जना भने श्वास फेर्न सक्ने अवस्थामा भेटिएपछि उनलाई तत्काल स्थानीय अस्पतालमा लगिएको छ । दक्षिण अफ्रिकातर्फ जाने अधिकांश आप्रवासीका लागि जाम्बिया ट्रान्जिट प्वाइन्ट बन्ने गरेको छ । फेला परेका शवहरु २० देखि ३८ वर्ष उमेर समूहका रहेका छन् । उनीहरूका साथ भेटिएका कागजातबाट तिनीहरू इथियोपियाली नागरिक हुनुपर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७