सिन्धुलीमा आफ्नै बाबुबाट बलात्कृत बालिकाले जन्माइन् बच्चा


२७ मंसिर २०७९, मंगलवार
Rape
सांकेतिक तस्वीर

सिन्धुली । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सिन्धुलीमा भने आफ्नै बाबुबाट बलात्कृत छोरीले बच्चा जन्माएकी छिन् । अविवाहित १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि आफ्नै बाबुको गर्भ रहेको खुलेको हो ।

ती बालिका १३ वर्षकी हुँदा आफ्नै बाबुबाट बलात्कृत भएकी थिइन् । त्यसबेला उनले यो कुरा कसैलाई भनिनन् । बिस्तारी उनको पेट बढ्दै गयो । उनलाई पेट धेरै दुख्न थाल्यो । एक दिन उनलाई आमाले नजिकैको मेडिकल पुर्‍याइन् । त्यहाँ उनी सात महिनाको गर्भवती रहेको कुरा खुल्यो ।

गर्भपतन गर्न मिल्ने समय गुज्रिसकेको थियो । आफूले महिनावारी रोकिएको बारे पटक–पटक सोधे पनि छोरीले ढाँट्दै आएको आमाले बताएकी छन् । गर्भपतन गराएमा आमाको पनि ज्यान ज्याने डाक्टरले भनेपछि ती बालिकाको गर्भपतन गराउन नसकिएको उनकी आमाले बताएकी छन् ।

बाबुको गर्भ रहेको कुरा बाहिर आएपछि गाउँकै मानिसले प्रहरीलाई खबर गर्दा मादक पदार्थ खाएर आफ्नो बावुले बलात्कार गरेको बालिकाले बताएकी थिइन् । एउटौ कोठामा सुत्ने गर्दा बुबाले रक्सी खाएर आई रातको समय बुबाले उठेर जबरजस्ती करणी गरेको बालिकाले बताइन् ।

यस घटनापछि बाबुलाई पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बैदेशिक रोजगारीमा रहेका बाबु दुई वर्ष अगाडि घर फर्किएका हुन् । उक्त परिवार ज्याला मजदुरी गर्दै आएको छ । उनीहरुको एक छोरा र दुइ छोरी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७