सिरहामा १५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट


२७ मंसिर २०७९, मंगलवार
gaja
फाइल फोटो

सिरहा । सिरहा प्रहरीले विभन्न स्थानबाट अवैधरुपमा खेतमा लागाएको ५ हजारभन्दा बढी गाँजाको बोट फँडानी गरी नष्ट गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलिले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फँडानी गरी नष्ट गरेको हो ।

gaja 1

गाँजा तयार हुनै नदिने नीतिअनुसार प्रत्यक वर्ष जस्तै यसवर्ष पनि प्रहरीले फँडानी कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाले बताए । उनले भने, ‘हामीले पाएको सूचना र यो गाँजाको बोट देखिने समय पनि भएकाले फँडानी गरीरहेका छौ । सूचनाको आधारमा हामी गाँजा भएका ठाउँसम्म पुगेर फँडानी गरिरहेका छौं ।’

gaja 2

सानो छँदा नदेखिने र सूचना समेत नपाउने भएकाले अहिले गाँजा फँडानी गरिरहेको प्रहरीको भनाइ रहेको छ । सिरहाको पूर्वपश्चिम राजमार्ग आसपास र विशेषगरी उत्तरी क्षेत्रका किसानहरूले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ।

कतिपयले करेसाबारी तथा आँगनमा समेत गाँजाको बिरुवा लगाउने गरेको प्रहरीले बताए । परबाट हेर्दा अन्य बाली जस्तो लाग्ने गरी गाँजाको खेती गरेको प्रहरीको भनाइ छ । किसानले प्रहरीलाई छल्न नै त्यस्तो उपाय निकालेको हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७