ट्याक्टरबाट खसेर १७ वर्षीय युवकको मृत्यु


२७ मंसिर २०७९, मंगलवार
accident 2

दाङ । दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका–३ एकलीमा ट्याक्टरबाट खसेर स्थानीय १७ वर्षीय सुदिप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । सोमबार साँझ रा १ त ४५९३ नम्बरको गुडिरहेको ट्याक्टर चौधरी अचानक खसेका थिए । ट्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७