पहिलो हाफमा फ्रान्स १-० ले अग्रता


२९ मंसिर २०७९, बिहीबार
France world cup 2022 semi final N9PT1ovvdE

काठमाडौँ । फिफा विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोमाथि पहिलो हाफमा १-० को अग्रता लिएको छ।

खेलको पाँचौं मिनेटमा नै फ्रान्सका थियो हर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलमा थप गोल हुन नसकेपछि फ्रान्सले पहिलो हाफमा १-० को अग्रता लिएको हो।
खेलको पाँचौं मिनेटमा नै फ्रान्सका थियो हर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। थिओ हर्नान्डेजले डिबक्सभित्र मोरक्कन डिफेन्डरले राम्रोसँग बल क्लियर गर्न नसकेको फाइदा उठाउदै अनमार्क रहेको स्थितिमा गोल हानेका छन्

फ्रान्स लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने दाउमा छ भने मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। आजको खेलको विजेताले उपाधिको लागि अर्जेन्टिनासँग खेल्नेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७