मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकपमा तेस्रो


२ पुष २०७९, शनिबार
320383020 537694288252751 8066171124182440275 n
DOHA, QATAR – DECEMBER 17: Luka Modric of Croatia celebrates with their FIFA World Cup Qatar 2022 third placed medal after the team’s victory during the FIFA World Cup Qatar 2022 3rd Place match between Croatia and Morocco at Khalifa International Stadium on December 17, 2022 in Doha, Qatar. (Photo by Shaun Botterill – FIFA/FIFA via Getty Images)

काठमाडौँ । क्रोएसियाले फिफा विश्वकप कतार २०२२ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार खलिफा रंगशालामा मोरक्कोमाथि २-१ को जित हासिल गर्दै क्रोएसिया तेस्रो भएको हो ।
खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन्। त्यसअघि खेलको सातौँ मिनेटमा नै १–० ले पछि परेको मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए। खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए।

mroc

खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए। खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। विश्वकपमा पहिलो पटक सेमिफाइलन खेलेको अरबी टोली मोरक्को चौथो स्थानमा चित्त बुझाएको छ।

320684097 3474729366185259 3821589223541003892 n

गत संस्करण फ्रान्ससँग पराजित हुँदै विश्वकपको उपाधि नजिक पुगेर पनि टाढिएको क्रोएसिया यो पटक सेमिफाइनलबाट अघि बढ्न सकेन। सेमिफाइनल खेलमा क्रोएशिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो।

320679590 860486928487142 8519143169996540781 n

उता क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराउँदै पहिलो पटक अन्तिम ४ मा स्थान बनाएको थियो। तर सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै मोरक्कोले तेस्रो स्थानका लागि क्रोएसियासँग खेलेको थियो।

प्रतियोगिताको फाइनल आइतबार हुनेछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७