घट्यो सुन–चाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


५ पुष २०७९, मंगलवार
Gold 2

काठमाडौं । नेपाली बजारमा सोमबारको तुलनामा आज (मंगलबार) सुन र चाँदीको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउमा प्रतितोला एक सय रुपैयाँको गिरावट देखिएको छ ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख ४ सयमा झरेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा आइपुगेको छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७