माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा पुगे देउवा र प्रचण्ड


६ पुष २०७९, बुधबार
Prachanda madhav and sher b deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्पतालमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेपाललाई देउवा र प्रचण्डले भेटेर स्वास्थ्यबारेमा जानकारी लिएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि उपचारार्थ मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका उनलाई भेट्न बुधबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्८ पुगेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाकार गोविन्द परियारले दुवै नेताले नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको बताएका छन् । नेपाललाई संक्रमण फैलिन सक्ने जोखिमलाई ख्याल गरेर चिकित्सकको सुझावअनुसार अस्पतालमा भेटघाट बन्द गरिएको उनको निजी सचिवालयले जनाएको थियो । यसअघि नेपालले एक साताअघि थापाथलीस्थित नर्भिक अस्पताल पुगेर स्वास्थ्य परीक्षण गरेका थिए । भेटमा सामान्य समसामायिक राजनीतिक विषयमा पनि कुराकानी भएको बुझिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७