त्रिभुवन विमानस्थलको आन्तरिक र बाह्य उडान प्रभावित


७ पुष २०७९, बिहीबार
airport 2 scaled 1
फाइल फोटो

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक र बाह्य उडान प्रभावित भएको छ ।
बिहानैदेखि हुस्सु कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार खराब मौसमका कारण दुई वटा विमान होल्डमा छन् । नेपाल एअरलाइन्स र एअर इण्डियाको विमान होल्डमा राखिएको उनले जानकारी दिए ।

यस्तै, आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु हुनेछ । विमानहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने प्रवक्ता सिटौलाले जानकारी दिए ।
काठमाडौंमा बिहानैदेखि बादल र कुहिरो लागेको छ । जसका कारण घाम लागेको छैन । मौसमविद् गंगा नगरकोटी भन्छिन्, ‘दिउँसो भने केही खुल्न सक्छ । कुहिरो र बादल लागे पनि वर्षाको सम्भावना भने छैन ।’

काठमाडौंमा बिहान सोढे ८ बजेको तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । भिजिविलिटी दुई किलोमिटर रहेको नगरकोटीले जानकारी दिएकी छन् । यो भिजिविलिटीले केही एयरलाइन्सको उडान तथा अवतरणमा रोकिन सक्छ । एयरलाइन्स अनुसार न्यून भिजिविलिटीमा उडान तथा अवरण गर्नसक्ने क्षमता फरक–फरक हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७