बालुवाटारमा देउवा र भट्टराईबीच भेटवार्ता, सहमतिमा अगाडि बढ्नु पर्नेमा जोड


७ पुष २०७९, बिहीबार
deuba bhattarai 20221222125327

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

आज (बिहीबार) देउवालाई भेट्न पूर्व प्रधानमन्त्री डा. भट्टराई बालुवाटार पुगेका हुन् ।
संसदीय दलको नेता निर्वाचित भएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीको तर्फबाट बधाई दिन बालुवाटार पुगेको बताएका छन् ।

देउवा र भट्टराईको छलफल भइरहेको समयमा नै नेसपाका अर्का अध्यक्ष महेन्द्र राय यादव पनि बालुवाटार पुगेका थिए । प्रतिनिधि सभामा माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेको नेपाल समाजवादी पार्टीले एक सिट जितेको छ ।

उनीहरुबीच सत्ता समीकरण र आगामी रणनीतिबारे छलफल भएको छ । स्रोतका अनुसार भट्टराईले देउवा समक्ष अहिलेको गठबन्धन जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले गठबन्धनभित्र छलफल गरेर सबै पद बाँडफाँड गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । भट्टराई समेत राष्ट्रपति पदमा आफू दाबेदार रहेको भन्दै लबिङ गर्दै आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७