राष्ट्रपति बन्न इच्छा छैन, पहिल्यै दुई पटक अस्वीकार गरेको हुँ : माधव नेपाल


७ पुष २०७९, बिहीबार
madhav nepal
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताए । उनले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको बताए । उनले आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यकताको पद लिने बताए ।

उनले भने, ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौं । यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरे बमोजिम हुनेछ । राष्ट्रपति बन्ने आकंक्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रश्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’ अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७