माधव नेपाल अस्पतालबाट डिस्चार्ज


९ पुष २०७९, शनिबार
Madhav nepal 1
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत नेता नेपालको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार डिस्चार्ज भएको उनको उपचारमा संलग्न डा. सन्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपाल निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए। स्वास्थ्यमा सुधार देखिन थालेपछि नेता नेपाल बिहीबार पुस ७ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ ग्रहण समारोहमा सहभागी हुनाका साथै त्यही बेलुका प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७