फुट र प्रतिगमन दुवै पराजित भए : गोकुल बास्कोटा


१० पुष २०७९, आईतवार
Gokul Baskota 1

काठमाडौं । सांसद समेत रहेका नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले अब फेरि पार्टी एकताको ढोका खुल्न बाँकी रहेको बताएका छन् ।

आज (आइतबार) एमालेसहितका दलहरूको समर्थनमा पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति भएपछि बास्कोटाले ‘फुट र प्रतिगमन दुवै पराजित’ भएको टिप्पणी गरेका छन् ।

‘फुट र प्रतिगमन दुवै पराजित । विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो । चोटपछि चेत आउने यसरी नै हो’, बास्कोटाले फेसबुकमा भनेका छन् । बास्कोटा कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७