प्रचण्डलाई बधाई दिंदै बाबुरामले भने, ‘अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्’


१० पुष २०७९, आईतवार
baburam
फाइल फोटो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बधाई दिएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि सिफारिस भएकोमा उनले प्रचण्डलाई बधाई दिएका हुन् ।

भट्टराईले नेपाली कांग्रेसको अडानमा असन्तुष्टि जनाउँदै कांग्रेस नेतृत्वले सही निर्णय लिन नसकेको आशय प्रकट गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस हुनु भएका क. प्रचण्डलाई हार्दिक बधाई, अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७