चीनको झेजियाङमा दैनिक एक लाखमा कोरोना संक्रमण


११ पुष २०७९, सोमबार

काठमाडौं । चीनको सांघाई नजिकैको ठूलो औद्योगिक प्रान्त झेजियाङ दैनिक करिब एक लाख नयाँ कोभिड संक्रमित फेला परेका छन् । यो संख्या आगामी दिनहरूमा दोब्बर हुने अपेक्षा गरिएको प्रान्तीय सरकारले आइतवार जनाएको छ ।

संक्रमण राष्ट्रव्यापी रूपमा रेकर्ड संख्यामा बृद्धि भए पनि चीनले शनिबारदेखि पाँच दिनसम्म मुख्य भूमिमा कसैको पनि कोभिडबाट मृत्यु नभएको चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ ।

करोडौं नागरिकलाई अथक तालाबन्दीमा राखेको बेइजिले शून्य–कोभिड नीतिमा व्यापक परिवर्तन गरेपछि विज्ञहरूले थप सटीक तथ्यांकको लागि आह्वान गरेका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले लक्षणविहीन संक्रमणहरू रिपोर्ट गर्न बन्द गरेपछि यसले केसहरू ट्र्याक गर्न गाह्रो बनाएको बताइएको छ । आइतबार आयोगले कोभिडसम्बन्धी दैनिक तथ्याङ्क रिपोर्ट गर्न बन्द गरेको थियो । आयोगको सट्टा सीडीसीले तथ्याङ्क प्रकाशित गर्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७