विश्वकप पछि पनि लयमै आर्सनल


१२ पुष २०७९, मंगलवार
arsenal

काठमाडौं । स्टार खेलाडी गाब्रियल जेसुस घाइते भए पनि बुकायो साका र एडी एनकेटीयको उत्कृष्ट प्रदर्शनमा माइकल अर्टेटाको आर्सनलले इङ्लिस प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ ।

बक्सिङ डे अर्थात सोमबार राति भएको खेलमा आर्सनलले पुनरागमन गर्दै वेस्टहाम युनाइटेडलाई ३–१ ले हरायो । खेलको २७ औं मिनेटमा साइड बेन्राहमाले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोली वेस्टहामलाई पहिलो हाफमा अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा घरेलु टोली आर्सनलले खेलमा पुनरागमन गर्‍यो । मार्टिन ओडेगार्डको पासमा बुकायो साकाले बराबरी गोल गरेका थिए । ग्रानिट छाकाले मिलाएको बललाई गाब्रियल मार्टिनेलीले गोल गर्दै २–१ को स्थितिमा ल्याएका हुन् । इडवार्ड एनकेटियले ६९ औं मिनेटमा गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितपछि आर्सनलले १५ खेलबाट ४० अंक जोडेको छ । दोस्रो स्थानका न्युक्यासल युनाइटेडको ३३ अंक छ । म्यानचेस्टर सिटीको भन्दा सात अंक फरक हो । सिटीले बुधबार लिड्स युनाइटेडसँग खेल्दै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७