आरआरमा खुकुरी प्रहार, तीन जना विद्यार्थी घाइते


१३ पुष २०७९, बुधबार
rr campus

काठमाडौं । स्ववियु निर्वाचनका विषयलाई लिएर विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहारबाट केही विद्यार्थी नेताहरु घाइते भएका छन् । सिंहदरबार प्रहरी परिसरका एक प्रहरीका अनुसार तीन जना घाइते भएका छन् ।

अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा खुकुरी प्रहार भएको हो । संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७