नौं किलो चरेशसहित युवक पक्राउ


१३ पुष २०७९, बुधबार
Chares

कैलाली । प्रहरीले कैलालीको गोदावरी नगरपालिकास्थित बसपार्कबाट प्रहरीले चरेशसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–७ काँडा घर भएका ३६ वर्षीय यमराज दौल्याल छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले जिप्रका र इलाका प्रहरी कार्यालय मालाखेतीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो । आरोपीको साथबाट ९ किलो ३४० ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए । बसपार्कस्थित होटलबाट पक्राउ गरेर आरोपीबारे अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७