हाल्यान्डको कीर्तिमानी प्रदर्शनमा सिटी विजयी


१४ पुष २०७९, बिहीबार
hal

काठमाडौँ । इर्लिङ हालान्ड बुधबार इङ्लिस प्रिमियर लिगमा सबैभन्दा चाँडै २० गोल गर्ने खेलाडी बनेका छन् । उनको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई ३–१ ले हराएको छ ।

यो जितसँगै सिटीले शीर्ष स्थानमा आर्सनलसँगको दूरी पाँच अंकमा छोट्याएको छ । एलान रोडमा भएको खेलमा रोड्रीको गोलले सिटीले अग्रता लिएको थियो । त्यसपछि हालान्डले दुई गोल थपे । लिड्सका लागि पास्कल स्ट्रज्कले एक गोल फर्काए ।

लिग तालिकामा आर्सनल ४० अंकमा शीर्ष स्थानमा छ भने सिटीको ३५ अंक भएको छ । त्यसपछि न्युकाल युनाइटेड ३३ अंकमा तेस्रो स्थानमा रहेको छ । लिड्स भने १५ अंकमा १५ औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७