गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय


२३ बैशाख २०८१, आईतवार
Khagaraj Adhikari

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आजको विश्वासको मत प्रक्रियामा तटस्थ बस्ने भएका छन् । राप्रपाका प्रदेश सभा सदस्य विन्दु पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज प्रदेश सभामा लिने विश्वासको मतको क्रममा आफ्ना पार्टीका सांसदहरू तटस्थ बस्ने जानकारी दिइन् ।

उनले मुख्यमन्त्रीले राख्ने विश्वास मत प्रस्तावको पक्ष वा विपक्षमा नरही तटस्थ बस्ने कुरा केन्द्रबाटै निर्णय भएकाले सोही अनुसार आजको विश्वाको मतमा आफूहरू तटस्थ बस्ने बताइन् । गण्डकी प्रदेश सभामा राप्रपाका २ जना सांसद रहेका छन् । मुख्यमन्त्री अधिकारीले आज अपराह्न ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा (एमाले) गण्डकी संसदीय दल नेता समेत रहेका अधिकारी गत चैत २५ गते संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुई भन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ८ र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ को समर्थन छ । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र दिपक मनाङे गरी ६० जना सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७