आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री नायडुको राजनीतिक अभियानका क्रममा भागदौड, आठ जनाको मृत्यु


१४ पुष २०७९, बिहीबार
nayadu

नयाँदिल्ली । आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको ज्यान गएको छ ।

हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुर शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । बुधबार साँझमा नायडुको गाडि उक्त क्षेत्रबाट गुडिरहेका बेला भीड सुरु भएको थियो । जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो ।

स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै बैठक रद्द भएको थियो । नायडुले आफ्ना प्रियजन गुमाएका परिवारलाई १० लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले पार्टीका नेताहरुलाई घाइतेहरूको राम्रो उपचारको व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७