विश्वकपपछिको पहिलो खेलमा पीएसजीको जित, लडेको नाटक गर्दा नेयमारलाई रातो कार्ड


१५ पुष २०७९, शुक्रबार
Keliyan Mbappe PSg izFj31SwAz

काठमाडौं । कतारमा जारी फिफा विश्वकपपछिको पहिलो पहिलो खेलमा लिग वानअन्तर्गतको बिहीबार राति भएको खेलमा स्ट्रासवर्गमाथि २–१ गोलको संघर्षपूर्ण जित हात पारेको हो ।

बिहीबारको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा खेलको १४ औं मिनेटमा मार्किनसले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ५१ औं मिनेटमा विपक्षी टोलीका खेलाडीले प्रहार गरेको बल पीएसजीका मार्किनसले नै राम्रोसँग बचाउन नसक्दा त्यसले गोलपोस्टको दिशा लिएको थियो ।

योसँगै खेल १–१ को बराबरीमा आइपुगेको थियो । खेलको ६२ औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै पीएसजीका नेयमार मैदानबाहिर गएसँगै पीएसजी थप दबाबमा परेको थियो । खेल सकिन केही समय मात्र बाँकी रहेको अवस्थामा पाएको पेनाल्टीमा पीएसजीका केलियन एम्बाप्पेले गोल गरे र टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।

योसँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले १६ खेलबाट ४४ अंक हात पारेको छ । दोस्रो स्थानमा रहेको लेन्सले समान खेलबाट ३७ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७