दुई आत्मघाती गोल उपहारले लिभरपुल विजयी


१६ पुष २०७९, शनिबार
liverpool

काठमाडौं । वोउट फेइसको दुई आत्मघाती गोलको मद्दतले लिभरपुलले सन् २०२२ को अन्तिम प्रिमियर लिग खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुल २–१ गोलले विजयी भएको हो ।

लेस्टरले खेलको चौथो मिनेटमा नै किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर खेलको ३८ औँ मिनेटमा फेइसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । पहिलो हाफको अन्त्यमा फेइसले पुनः अर्को आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लियो ।

दोस्रो हाफमा भने कुनै गोल हुन सकेन र लिभरपुल खेलमा विजयी बन्यो । जितपछि लिभरपुल १६ खेलबाट २८ अंक बटुल्दै लिगको छैटौँ स्थानमा रहेको छ । लेस्टर १७ खेलबाट १७ अंकसहित लिगको १३ आंै स्थानमा छ । शुक्रबार राति भएको अन्य खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २–० गोलले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७