‘सत्तारुढ दलले औपचारिक पत्र पठाए सरकारमा सहभागिताबारे धारणा बनाउन सकिन्छ’


१८ पुष २०७९, सोमबार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सरकारमा सहभागिता जनाउन आतुर गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै सम्मानीत नेता खनालले सत्तामा सहभागी बन्न आतुर हुनुपर्ने कुनै कारण नभएको बताएका हुन् ।

खनालले भने, ‘हामीले यो सरकारलाई आमरुपमा विश्लेषणात्मक ढंगले हेर्नुपर्छ । त्यसले गर्ने सकारात्मक कामहरुलाई समर्थन गर्नुपर्छ र यसले गर्ने गलत कामहरूको आलोचना गर्नुपर्छ । हामीले सत्तामा सहभागी बन्न आतुर हुनुपर्ने कुनै कारण छैन ।’

खनालले यो सरकारले खिचडीको आकार लिएको बताए । खनालले भने, ‘मुलुकमा कुनै न कुनै रूपको एउटा गठबन्धनको सरकार बन्नै पर्ने थियो अहिले एउटा खिचडी सरकारले आकार लिएको छ वा लिँदैछ । यो पुनरुत्थानवादी, रहस्यपूर्ण, संघीयता विरोधी, जबजवादी र समाजवादीको मिश्रित सरकार हो । यसमा नेपाली समाजलाई अघि लाने र पछि तान्ने दुवै प्रकारका शक्तिहरु छन् ।’

सरकार वा सरकारमा सहभागी दलहरुले समाजवादीलाई सहभागी गराउने इच्छा भएमा स–सम्मान औपचारिक पत्र पठाउनु पर्ने बताएका छन् । त्यो पत्रको सारतत्वलाई हेरेर आधिकारिक निकायले के गर्ने भन्ने सम्बन्धमा संस्थागत रुपले छलफल गरी निर्णय गर्नुपर्ने खनालको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७