प्रेम आले र माया राईलाई जबराले खुवाए शपथ


१९ पुष २०७९, मंगलवार
prem ale and maya rai

काठमाडौं । प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज (मंगलबार) उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि ७ पुसमा सांसदहरुले शपथ लिँदा उनीहरु छुटेका थिए । पुस ७ मा शपथ ग्रहण गर्न छुटेका अन्य दुई जना सांसद महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते नै शपथ लिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७