वागमतीमा पुस २५ सम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान


२१ पुष २०७९, बिहीबार
yadav chandra sharma bagmati

हेटौंडा । वागमती प्रदेश प्रमुखले प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न यही पुस २५ गते दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।

वागमती प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।

वागमती प्रदेशमा ११० सांसदहरु छन् । नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ ।

bagmati1672899159

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७