जसपा विभाजन : अशोकका सचिव राज्यमन्त्री दीपक कार्कीले गरे संस्थापन पक्षमै रहेको दावी


२४ बैशाख २०८१, सोमबार
deepak karki

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू संस्थापन पक्षमै आवद्ध रहेको स्पष्ट पारेका छन् ।

राज्यमन्त्री कार्कीको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक सूचनाको खण्डन गर्दै उनी जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेको बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘माननीय कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरू भ्रामक रहेकोले सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । उनी कुनै पनि गुट वा दलसँग आवद्ध नरहेको र जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेका छन् ।’

dipak

राज्यमन्त्री कार्की संस्थापन पक्षमै रहेको दाबी उनका प्रमुख स्वकीय सचिव राम नारायण कापडीले दाबी गरेका हुन् । उनले विज्ञप्ति जारी गर्दै ‘माननीय राज्यमन्त्री दीपक कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा भ्रामक जानकारी सम्प्रेषण भई रहेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख गरेका छन् ।

उनले राज्यमन्त्री कार्की संस्थापन पक्षमा यथावत् रहेको र अन्यत्र भनेझैँ कुनै गुट वा दलसँग आबद्धता नरहेको दाबी गरेका छन् । जसपा नेपालबाट आइतबार अशोक राई नेतृत्वमा उनीसहित सात सांसद नयाँ दल जसपा दर्ता गराए । नयाँ दलको कार्य समितिको सचिवमा कार्कीको नाम राखिएको छ । तर दल दर्ता गराउन निर्वाचन आयोग पुग्दा कार्की थिएनन् । धनुषा क्षेत्र नम्बर १ बाट कार्की निर्वाचित संघीय सांसद हुन् ।

1714974108 padatikari jasapa futesi 1714921369

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७