लखनउमाथि कोलकोता ९८ रनले विजयी


२४ बैशाख २०८१, सोमबार
KKR.jpg 6

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा कोलकोताले लखनउलाई ९८ रनले पराजित गरेको हो । कोलकोताले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६.१ ओभरमा अल आउट हुँदै १३७ रन मात्र बनाएको थियो ।

यसअघि कोलकोताले २० ओभरमा ६ विकेट गुमाउँदै २३५ रन बनाएको थियो । यो जितपछि कोलकोता शीर्ष स्थानमा उक्लिएको छ । कोलकोताको ११ खेलमा १६ अंक भएको छ । त्यस्तै लखनउको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको लखनउ अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७