जसपा विभाजनको तरङ्ग नेकपा एसमा : माधव नेपालले बोलाए संसदीय दलको बैठक


२४ बैशाख २०८१, सोमबार
madhav nepal
फाइल फोटो

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजनको तरङ्ग माधवन नेपाल अधयक्ष रहेको नेकपा एकीकृत समाजवादीमा समेत देखिएको छ । जसपा विभाजनले नेकपा एकीकृत समाजवादीमा समेत पराकम्प गएको चर्चा चलिरहेका बेला माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो ।

नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउन नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन् । आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले पाएको बताइन्छ । उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल चिन्तित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अहिलेको सत्ता समिकरणबाट निकाल्न प्रधानमन्त्रीलाई संकेत गरिसकेका छन् ।

उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा विभाजित जसपाका सांसदलाई मन्त्री बनाउने तयारी छ । अबको रणनीति बनाउनका लागि नेकपा एसको संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिएका छन् । नेकपा एसभित्र यहि सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत बलियो रुपमा प्रकट भइरहेका छन् । एकातिर सांसदहरु नेपालसँग असन्तुष्ट भएर विभिन्न ठाउँमा संवादमा छन् भने अर्कोतिर झलनाथ खनाललगायतका नेताहरु एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७