जसपा फुटेर बनेको नयाँ दल : श्रीमान अध्यक्ष, श्रीमती उपाध्यक्ष


२४ बैशाख २०८१, सोमबार
Ashok rai party

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ । आइतबार बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

प्रस्ताविज जनता समाजवादी पार्टीमा अध्यक्ष अशोक राई छन् । पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा राखिएको छ ।

नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएकी छन् । श्रेष्ठ अध्यक्ष अशोक राईकी श्रीमती समेत हुन् । महासचिवमा इस्तियाक राई रहेका छन् । प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा. वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।

jsp

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७