‘चार पटक सांसद भएँ, सबैले मिठा कुरा गरेर देश ठगेको नै देखियो’


२५ पुष २०७९, सोमबार
chitra b kc

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सबैले सरकारमा जाने बेला रोष्ट्रममा उभिएर मिठा कुरा गरे पनि पदमा गए पछि गैरजिम्मेवार हुने गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आज (सोमबार) को पहिलो बैठकमा दलीय आधारमा धारणा राख्दै अध्यक्ष केसीले अहिले प्रधानमन्त्री प्रचण्डले पनि त्यस्तै कुरा गरेको बताएका छन् ।

‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सुशासन र सुधारका कुरा गर्नु भयो । जसले पनि यो रोष्ट्रममा उभिएर त्यस्तै गर्ने गरेका छन्’, केसीले भने, ‘यो रोष्ट्रममा उभिएर खुसखोरी गर्छु, राष्ट्रियतामा सौदावाजी गरेर सरकारमा जान्छु भनेको मैले सुनेको छैन । म चौंथो पटक यो सदनमा उपस्थित छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७