अहिलेको निर्वाचनले गम्भीर संकेतहरु देखाएका छन् : शरदसिंह भण्डारी


२५ पुष २०७९, सोमबार
Sarat shingh bhandari scaled

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शरदसिंह भण्डारीले हालै सम्पन्न निर्वाचनबाट आएको जनमतले गम्भीर संकेतहरु देखाएको भन्दै त्यसबारे ठूला दलहरु सचेत हुनुपर्ने बताएका छन् । निर्वाचन पछिको पहिलो प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सांसद सिंहले निर्वाचनबाट नयाँ दल, नयाँ शक्ति र नयाँ सदस्य आएको बताउँदै यसले केही न केही सन्देश दिएको बताए ।

उनले भने, ‘यो निर्वाचन जित र हारका लागि मात्र पनि हैन । यसले गम्भीर सन्देश बोकेर आएको छ । मभन्दा अगाडि बोल्ने नेताहरुबाट पनि मैले यसबारे छनक पाँए । जनता आक्रोशित छन्, निराश छन् तर रवि लामिछानेले भने जस्तै आशा पनि राखेका छन् ।’

उनले संसदमा जनताका कुरा प्रतिध्वनित भयो भने संसदप्रति जनताको आस्था पनि बढ्ने बताउँदै सडकमा आक्रोश पनि नपोखिने बताए । उनले जनताको सबै आक्रोस अहिले संसदमा प्रतिनिधित्व भएको उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७