एक विद्यालय, एक नर्स कार्यक्रम प्रभावकारी


२७ पुष २०७९, बुधबार
nurse ykOrTwf4eQ
प्रतिकात्मक तस्विर

हेटौंडा । वागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ ।

सो मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमामा सो विषय जनाइएको छ । कोरोना महामारीको समयमा सात प्रदेशमध्ये वागमतीमा शतप्रतिशत कोरोना विरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव बद्रीबहादुर खडकाका अनुसार चालु आर्थिक वर्षको २०७९/ ८० मा रु तीन करोड ९४ लाख बजेट विनियोजन गरी वागमती प्रदेशको प्रथम आर्युवेद औषधि उत्पादन केन्द्र चितवनमा स्थापना गरी सञ्चालन गरिएको छ । मकवानपुरको विभिन्न स्थानमा आर्युवेदिक उपचारका लागि शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

हेटौँडा अस्पतालका गर्भवतीलाई ७३ वटा ‘पोर्टेवल अल्ट्रा मेसिन’ खरिद गरिएको र एमआरआई मेसिन खरिद गरी हस्तान्तरण समेत भइसकेको प्रतिवेदनमा उल्लेख छ । वाग्मती प्रदेशमा रहेको एकसय १९ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखका लागि फिस्टुला रोग पहिचान र उपचारसम्बन्धी कामर्यक्रम गरिएको छ ।

अन्य अस्पताल र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधर निमार्णमा सहयोग एवम् निमार्ण कार्य भएको उनले जानकारी दिए । कोरोना महामारीको सङ्क्रमण रोकथाम र डेङ्गुरोग नियन्त्रण गर्न सो अवधिमा विभिन्न कार्यक्रम गरिएको बताइएको छ ।

यसैबीच मकवानपुरमा डेङ्गु सङ्क्रमितको संख्या हालसम्म पाँच हजार आठ सय १० पुगेको सो मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । सो तथ्याङ्क गत साउनदेखि आजसम्मको रहेको छ । जसमा तीन हजार एक सय ८२ पुरुष र दुई हजार ६ सय २८ महिला रहेका छन् । डेङ्गु सङ्क्रमित जिल्लाको १० स्थानीय तहमध्ये बढी हेटाँैडा उपमहानगरपालिमा रहेको सो कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७