अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विष्फोट, २० को मृत्यु


२८ पुष २०७९, बिहीबार
128265365 kabul1246152535

काठमाडौं । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विष्फोट भएको छ । बम विष्फोटमा २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन् । तर प्रहरीले भने पाँच जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा ४० जना बढी घाइते भएका छन् ।

टर्की, चीनलगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विष्फोट भएको हो । बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विष्फोट गराएको तालिबान सरकारले जनाएको छ ।

चिनियाँ अधिकारीहरुले अफगानिस्तानका अधिकारीहरुसँग विदेश मन्त्रालयभित्र छलफलको तयारी गरिरहेको बेला बम विष्फोट भएको थियो । काबुल सरकारले यो आक्रमणलाई कायरताको संज्ञा दिएको छ र त्यसको बदला लिने चेतावनी दिएको छ ।
आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । तालिबान विद्रोही अफगानिस्तानको सत्तामा फर्किएपछि ठूला आक्रमणका घटना हुँदै आएका छन् । अफगानिस्तानमा भएका धेरैजसो ठूला आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिंदै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७