चिनियाँ राजदूत छन् सोङद्वारा ओहोदाको प्रमाणपत्र पेस


२९ पुष २०७९, शुक्रबार
china rajdoot

काठमाडौं । नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राजदूत छनले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शुक्रबार आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन् । नयाँ राजदूत छन् चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन् । उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन् । त्यसैले बेइजिङले एसिया मामिला हेर्ने पाँच जना डेपुटी डाइरेक्टर जनरलमध्ये छन्लाई नेपालको राजदूतमा नियुक्ति गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७